२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


थप ४ जनामा कोरोना संक्रमण पुष्टि


390
Shares

काठमाडौं । देशभर थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ९५० जनाको नमूना परीक्षण गरिएको थियो ।

१३३ जनाको पीसीआर र ८१७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा ४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

बुधबार देशभर २ जना संक्रमण मुक्त भएका छन् भने १२ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

त्यस्तै, २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।