
काठमाडौं । बिहीबारदेखि काठमाडौं महानगरपालिकाका सबै वडा कार्यालयबाट निःशुल्क कानुनी परामर्श सेवा सुरू हुने भएको छ । उक्त सेवा महानगरपालिकाले नेपाल ल क्याम्पससँगको सहकार्यमा गर्न लागेको हो ।
महानगरपालिकासँगको सम्झौता अनुसार क्याम्पसले खटाएको विद्यार्थीले प्रत्येक वडामा पुगेर सेवा दिनेछन् । सेवामा जानुअघि बुधबार उनीहरूलाई सम्पादन गर्नु पर्ने कामको विषयमा जानकारी गराइएको छ ।
बुधबार एक कार्यक्रममा वडा सचिवसँग विद्यार्थीहरुको परिचय गराइएको थियो भने १६ बुँदे कार्य विवरण पनि दिइएको थियो ।
परामर्श सेवा दिनको लागि क्याम्पसबाट आएका स्नातक र स्नातकोत्तर तहका ५० जना विद्यार्थी छनोट भएका छन् । तीमध्ये हरेक वडामा एक जनाका दरले ३२ जना र केन्द्रमा तीन जना विद्यार्थी परिचालन गरिनेछ । बाँकी १५ जनालाई वैकल्पिक सूचीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस्