
एजेन्सी । भारतीय निर्माता गुनीत मोंगाले ओस्कारमा आफ्नो ऐतिहासिक जितपछि, नेटफ्लिक्ससँगको सहकार्यमा र्यापर यो यो हनी सिंहको जीवनमा आधारित डकुमेन्ट्री फिल्म सुरु गर्ने घोषणा गरेकी छिन् ।
हनी आफ्नो करियरको शिखरमा चढ्दै गर्दा अचानक बेपत्ता भएका छन्, जसले गीतसंगीतको उद्योग र प्रशंसकहरूलाई चकित पारेको थियो ।
ओस्कार अवार्ड विजेता सिख्या इन्टरटेनमेन्टद्वारा निर्मित र मोजेज सिंहद्वारा निर्देशित डकुमेन्ट्रीमा हनीको जीवनकामा घटेका नदेखेका र नसुनेका अध्यायहरू र उतार चढावहरू दर्शकहरूलाई स्पष्ट तरिकाबाट देखाउने छन् ।
फिल्मले हनीको व्यक्तिगत र व्यावसायिक यात्रालाई पर्दा पछाडिका क्षणहरू सहितको उतारचढावलाई देखाउँछ, साथै उनको परिवारका सदस्यहरू, साथीहरू र सांगीतिक सहयोगीहरूसँग को कहानीलाई देखाउने छ ।
हनीले फिल्मको बारेमा प्रतिक्रिया दिँदै भनेका छन्, ‘मैले मिडियामा मेरो व्यक्तिगत र व्यावसायीक करियरको बारेमा कुरा गरेको छु तर, मैले यसलाई सबैको अगाडि राख्न सकेको छैन । मैले दर्शकहरुबाट धेरै माया पाएको छु र उनीहरू मेरो पुरा जिवन जान्न हकदार छन् । यस फिल्मले सबैलाई मेरो जीवन, मेरो पालनपोषण, स्वास्थ्य, म कहाँ छु र मेरो करियरको यात्रा सम्बन्धी सत्य र इमान्दार विवरण दिनेछ ।’
प्रतिक्रिया दिनुहोस्