३१ चैत्र २०८१, आइतबार | Sun Apr 13 2025


एकैदिन एक हजारले बढ्यो सुनको मूल्य


2.418k
Shares

काठमाडौं । साताको पाँचौ दिन आज बिहीबार सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला एक लाख ५ हजार ७ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बिहीबार एक हजार रूपैयाँले बढेर एक लाख ६ हजार ७ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

तेजावी सुन प्रतितोला एक लाख ६ हजार २ सय रूपैयाँमा कारोबार भइरहेको छ ।

त्यसैगरी, चाँदीको मूल्य पनि बिहीबार ५ रूपैयाँले बढेर १ हजार ३०५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।