१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


नेपाललाई चौथो सफलता


5.421k
Shares

काठमाडौं । नेपालले आईसीसी विश्वकप क्रिकेट लिग टू अन्तर्गत त्रिकोणात्मक सिरिजको अन्तिम खेलमा युएईको चौथो विकेट झारेको छ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा दीपेन्द्र सिंह ऐरीले नेपाललाई चौंथो सफलता दिलाएका हुन् । उनले युएईका आयन खानलाई ३ रनमा आउट गरे ।

यसअघि नेपालका ललित राजबंशीले आर्यन लाक्रालाई ६ रनमा बोल्ड आउट गरे भने सन्दीप लामिछानेले युएईका ब्याट्सम्यान कप्तान मोहम्मद वसिमलाई आउट गराएका छन् । तेस्रो विकेट युएईका पूर्वकप्तान सिपी रिजवान ७ रनमा रनआउट भए ।

नेपालले युएईविरुद्ध पहिले बलिङ गरिरहेको छ ।