१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


निर्देशक प्रताप सुब्बाको निधन


3.016k
Shares

काठमाडौं । चलचित्र निर्देशक प्रताप सुब्बाको निधन भएको छ ।

सुब्बाको बिहीबार ७८ वर्षको उमेरमा निधन भएको हो । सुब्बको भारतको सिलीगुडीस्थित एक अस्पतालमा निधन भएको उनको पारिवारिक स्रोतले जनाएका छ ।

सुब्बा पहिलो नेपालीमूलका भारतीय चलचित्र निर्देशक समेत हुन् । उनले २०३५ सालमा रिलिज भएको ‘परालको आगो’ निर्देशन गर्दै करिअर थालेका थिए ।

त्यसपछि सुब्बाले बाँच्न चाहनेहरु, मसाल, कहीं अँध्यारो कहीं उज्यालो, दिदी र चट्याङ जस्ता चर्चित नेपाली चलचित्र निर्देशन गरेका थिए ।

सुब्बाले चलचित्रका साथै थुप्रै टेलिचलचित्र पनि निर्देशन गरेका थिए ।