१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


रियल बेटिसलाई हराउँदै म्यानचेस्टर युनाइटेड क्वाटरफाइनलमा


299
Shares

काठमाडौं । रियल बेटिसलाई हराउँदै म्यानचेस्टर युनाईटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

अन्तिम १६ को दोस्रो लेगको खेलमा बेटिसमाथि १–० को जित निकाल्दै समग्रमा ५–१ को नतिजा सहित युनाईटेड क्वाटरफाइनल प्रवेश गरेको हो । पहिलो लेगमा युनाइटेडले बेटिसलाई ४–१ ले पराजित गरेको थियो ।

बिहीबार राति युनाईटेडको जितमा मार्कोस राष्फोर्डले निर्णायक गोल गरे ।

उनले खेलको ५५ औं मिनेटमा क्यासमिरोको पासलाई सदुपयोग गर्दै गोल गरेका थिए ।