२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


सचिन रौनियारको ‘मरिहत्ते’ गीत सार्वजनिक


221
Shares

काठमाडौं । गायक सचिन रौनियारको स्वरसँगै अभिनय रहेको गीत ‘मरिहत्ते’ सार्वजनिक भएको छ ।

बिहीबार काठमाडौंमा एक कार्यक्रम आयोजना गर्दै सो गीत सार्वजनिक गरिएको हो ।

सचिनसँगै अभिनेत्री नीता ढुंगानाको अभिनय रहेको उक्त गीतमा सन्तोष सुनारको शब्द र संगीत रहेको छ ।

निकेश खड्काद्वारा निर्देशित भिडियोमा आर्थिक अवस्था कमजोर रहेको दम्पत्तिको कथा देखाइएको छ भने हरि हुमागाईंले छायांकन गरेको गीतलाई विकास धमलाको सम्पादन गरेका हुन् ।