१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन रास्वपाको बैठक बस्दै


260
Shares

काठमाडौं । संसदको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपराष्ट्रपति निर्वाचनबारे निर्णय लिन शुक्रबार पदाधिकारी र संसदीय दलको बैठक बोलाएको छ ।

बैठक शुक्रबार बिहान साढे ११ बजेदेखि पार्टी कार्यालय धुम्बाराहीमा बस्नेछ ।

रास्वपाबाट १९ जना प्रतिनिधि सभा सदस्य छन् ।

शुक्रबार बिहान १० बजेदेखि ३ बजेसम्म उपराष्ट्रपति चयनका लागि मतदान हुँदैछ ।

उपराष्ट्रपतिका लागि चार जनाको उम्मेदवारी परेको छ । नेकपा (एमाले) बाट अष्टलक्ष्मी शाक्य, जनमत पार्टीबाट ममता झा, जनता समाजवादी पार्टी (जसपा) बाट रामसहायप्रसाद यादव र सोही पार्टीकी प्रमिला कुमारीको उम्मेदवारी परेको छ । तर, प्रमिलाले रामसहायलाई समर्थन गर्दै उम्मेदवारी निष्क्रिय भएको घोषणा गरिसक्नु भएको छ ।