
काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान सुरू भएको छ ।
नयाँ बानेश्वरको संसद भवनस्थित ल्होत्से हलमा नयाँ उपराष्ट्रपति चयनका लागि मतदान प्रक्रिया सुरू भएको हो । मतदान प्रक्रिया बिहान १० बजेबाट सुरू भएको हो भने दिउँसो ३ बजेसम्म चल्नेछ ।
उपराष्ट्रपतिका उम्मेदवार रामसहायप्रसाद यादवले पहिलो मतदान गर्नुभएको छ भने अन्य उम्मेदवारहरु अष्टलक्ष्मी शाक्य र ममता झाले सांसद नभएका कारण मतदान गर्न पाउनु हुनेछैन । उहाँहरु पनि निर्वाचन स्थलमा भने पुगिसक्नुभएको छ ।
अन्य सांसदहरुले पनि अहिले उपराष्ट्रपति पदका लागि मतदान गर्ने क्रम जारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्