२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


सरकारले विजेता क्रिकेट खेलाडीलाई जनही ३ लाख रूपैयाँ दिने


702
Shares

काठमाडाैं । सरकारले विश्वकप छनोटमा पुग्न सफल भएका नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडीहरूलाई जनही ३ लाख रुपैयाँ पुरस्कार दिने भएको छ ।

विजेता खेलाडीहरूलाई शुक्रबार बिहान सरकारी निवास बालुवाटारमा सम्मान गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले उक्त पुरस्कारको घोषणा गर्नुभएकाे हाे । खेलाडीहरूलाई सम्मान गर्दै प्रधानमन्त्री दाहालले आफूलाई अत्यन्त खुशी लागेको बताउनुभयाे ।

उहाँले भन्नुभयाे,-‘बिहीबार तपाईहरूले जसरी प्रदर्शन गर्नुभयो, त्यसबाट तपाईहरूले मात्र जित्नुभएको छैन, देशले जितेको छ । देशको स्वाभिमान उच्च भएको छ, राष्ट्रको गौरव बढेको छ । आगामी दिनमा समेत तपाईहरूको प्रदर्शन थप राम्रो होस्, म अग्रिम शुभकामना व्यक्त गर्दछु ।’

नेपालले बिहीबार निर्णायक खेलमा यूएईलाई पराजित गर्दै विश्वकप छनोटमा स्थान बनाएको थियो । खेलाडीहरूको हौसला बढाउन प्रधानमन्त्री दाहाल स्वयं टियु क्रिकेट मैदान पुग्नु भएकाे थियाे ।