
काठमाडाैं । उपराष्ट्रपति पदका उम्मेदवार रामसहायप्रसाद यादवले आफू नै सत्ता गठबन्धनको सर्वसम्मत उम्मेदवार भएको दावी गर्नुभएकाे छ ।
शुक्रबार बिहान नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा उपराष्ट्रपति पदकाे चयनका लागि भएकाे निर्वाचनमा मतदान गरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो दावी गर्नुभएकाे हाे । उपराष्ट्रपति पदमा आफू विजयी भएपछि संविधानको रक्षा र राष्ट्रिय एकताको प्रवर्द्धनमा जोड दिने उहाँले बताउनुभएको छ ।
संविधानको पालना गर्ने कुरालाई आफूले पहिलो प्राथमिकतामा राख्ने पनि उहाँले बताउनुभयो । नेपाललाई समतामुलक समृद्ध मुलुकको रुपमा विकसित गर्न आफ्नो भूमिका रहने पनि उहाँले बताउनुभयो ।
१० दलीय गठबन्धनबाट जनमत पार्टीकी ममता झा पनि उपराष्ट्रपति पदकाे उम्मेदवार हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्