२५ चैत्र २०८१, सोमबार | Tue Apr 8 2025


उपराष्ट्रपति निर्वाचन : देउवा र नेपालले गरे मतदान


364
Shares

काठमाडौं । नयाँ उपराष्ट्रपति चयनका लागि मतदान जारी छ ।

संघीय संसद भवन बानेश्वर पुगेर शीर्ष नेताहरूले पनि मतदान गर्नुभएको छ ।

नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले उपराष्ट्रपति पदको निर्वाचनमा मतदान गर्नुभएको छ ।

नयाँ बानेश्वरस्थित संघीय संसद भवनको ल्होत्से हलमा रहेको मतदान केन्द्रबाट उहाँहरुले मतदान गर्नुभएको हो ।

उपराष्ट्रपतिको निर्वाचनका लागि आज बिहान १० बजेदेखि मतदान सुरू भएको छ । दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ ।