२६ फाल्गुन २०८१, सोमबार | Mon Mar 10 2025


पूर्वराष्ट्रपति भण्डारीले कार्यालयको ट्वीटर ह्याण्डल निजी बनाइन्


2.353k
Shares

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाउनुभएकाे छ ।

भण्डारी शितल निवासबाट बाहिरिंदा राष्ट्रपति कार्यालयको भेरिफाइड ट्वीटर ह्याण्डल @presidentofNP लाई @BidyaDBhandari मा रुपान्तरण गरिएको छ । ट्वीटर ह्याण्डल संशोधन हुँदा भेरिफाइड भएको संकेत चिह्न निलो टिक पनि हटेको छ ।

राष्ट्रपतिमा रामचन्द्र पौडेल गत फागुन २५ गते निर्वाचित हुनुभएकाे थियाे । फागुन २९ गते उहाँले शपथग्रहण गर्नुभएकाे थियाे । सोही दिन पूर्वराष्ट्रपति भण्डारीले शीतल निवास छाड्नुभएकाे थियाे ।

२५ हजार फलोअर्स भएको ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीले आईसीसी क्रिकेट विश्वकप लिग–२ मा विजयी नेपाली क्रिकेट टिमलाई बधाई समेत दिनुभएकाे छ । तर राष्ट्रपति कार्यालयको आधिकारिक ट्वीटर ह्याण्डललाई निजी बनाएपछि भण्डारीको आलोचना समेत भएको छ ।