२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


पाकिस्तानी पूर्वप्रधानमन्त्री खान आज अदालतमा उपस्थित हुने

मुद्दाको सुनुवाई गर्ने ठाउँ भने परिवर्तन

299
Shares

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान तोशाखाना मुद्दामा शनिबार अदालतमा उपस्थित हुनु हुने भएको छ ।

यस मुद्दामा पूर्वप्रधानमन्त्री खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । त्यसपछि उहाँलाई १८ मार्चमा अदालतमा उपस्थित हुन भनिएको थियो । मुद्दाको सुनुवाई गर्ने ठाउँ पनि परिवर्तन भएको छ । सुनुवाई इस्लामावादको सत्र अदालतको सट्टा न्यायिक कम्प्लेक्समा हुने बीबीसीले जनाएको छ ।

तेहरिक–ए–इन्साफ पार्टीका प्रमुख समेत रहनुभएका पूर्वप्रधानमन्त्री खानले आफ्नो सुरक्षाको बारेमा चिन्ता व्यक्त गर्नुभएको थियो । जसका कारण खानले अदालतमा उपस्थित हुन नसक्ने बताउनुभएको थियो । यसैलाई मध्यनजर गर्दै मुद्दाको सुनुवाईको स्थान परिवर्तन गरिएको जनाइएकाे छ ।

अदालतले खानलाई चैत २८ गतेसम्म जमानत दिएको बीबीसीले उल्लेख गरेको छ ।