२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


अभिनेता लान्स रेडिकको निधन


7.345k
Shares

एजेन्सी । हलिउड अभिनेता लान्स रेडिकको निधन भएको छ ।

रेडिकको ६० वर्षको उमेरमा शुक्रबार बिहान निधन भएको हो । उनको निधनको कारण भने हालसम्म खुल्न सकेको छैन ।

निधनको कारण भने अहिलेसम्म स्पष्ट नभए पनि उनको निधन प्राकृतिक भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सुरुवाती केही वर्षहरूमा एपिसोडिक प्रस्तुती दिएपछि रेडिकले सन् २००० मा जेल ड्रामा शृंखला ‘ओजमा’ मा आफ्नो पहिलो मुख्य भूमिका पाए जहाँ उनले एक गुप्त अफिसर भूमिका निभाएका थिए।

त्यसपछि उनी सन् २००२ मा क्राइम ड्रामा सिरिज ‘द वायर’ मा पुलिस लेफ्टिनेन्टको भूमिकामा थिए । रेडिकले सन् २००८ देखि सन् २०१३ सम्म विज्ञान कथा श्रृंखला ‘फ्रिन्ज’ मा पनि अभिनय गरेका थिए । त्यसको लागि दुई वटा पनि पुरस्कारका लागि मनोनित भएका थिए ।

रेडिकले सन् २०१४ देखि सन् २०२१ सम्मको प्रहरी शृङ्खला ‘बोस’ मा डेपुटी चीफ अफिसरको भूमिकामा काम गरेका थिए । जुन उनको करियरको उत्कृष्ट भूमिकामध्ये एक थियाे ।

सन् २०१४ मा रेडिकले एक्शन-थ्रिलर जोन विकमा अभिनय गरेका थिए । रेडिक नेटफ्लिक्सको ‘रेसिडेन्ट इभिल’ र अमेजनको ‘द लिजेन्ड अफ भोक्स मेशिना’ को पनि एक हिस्सा थिए । यसबाहेक, रेडिकले भ्वाइसओभर कलाकारको रूपमा काम गरेका थिए ।

रेडिकले स्टेफनी रेडिकसँग सन् २०११ मा विवाह गरेका थिए ।