
सिन्धुली । पछिल्लो समयमा सिन्धुली जिल्लाका किसानहरू हाइब्रिड जातको मकै खेती प्रति आकर्षित भएपछि पर्याप्त आम्दानी गर्न सफल भएका छन् ।
परम्रागत मकैखेतीको तुलनामा हाईब्रिड जातको हिउँदे मकै खेती गर्दा सिन्धुलीका किसानहरूलाई फाइदा हुँदै गएको हो । सिन्धुली जिल्लाका कमलाखोच क्षेत्रका टांडी, रानीबास, हत्पते, लदाभीर लगायतका विभिन्न स्थानमा हाईब्रिड जातको मकै खेती गरिएको हो ।
अन्य खाध्यान्न बालीको तुलनामा मकैखेती सञ्चालन गर्न सजिलो र घरायसी प्रयोगमा समेत आउने भएकाले स्थानीय किसानहरू मकै खेतीतर्फ आकर्षित भएका हुन् ।
कम सिंचाई भएको स्थानहरूमा समेत मकैको खेती सञ्चालन गर्न सकिने भएकाले यसको खेती सिन्धुली जिल्लाका अधिकांश भू–भागहरुमा गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्