१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संविधानका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था छ : अर्जुन नरसिंह केसी


273
Shares

काठमाडौं । नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसीले संविधानमा रहेका कतिपय व्यवस्थालाई परिवर्तन गर्नुपर्ने अवस्था आएको बताउनुभएको छ ।

नेपाल प्रेस युनियन रूपन्देहीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उहाँले संविधानमा देखिएका कमजोरीलाई सुधार गर्दै जानुपर्ने तर्क गर्नुभयो । अहिलेको विकृति र जनगुनासोलाई हेर्दा संविधानमा देखिएका कतिपय व्यवस्था फेर्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

भर्खरै भएको राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनको प्रसंग उठाउदै केसीले समानुपातिक प्रतिनिधित्वको सवालमा गम्भिरतापूर्वक सोच्नु पर्ने आवश्यकता औल्याउनुभयो ।