
काठमाडौं । गायिका मिलन नेवार र गायक रवि ओडको स्वरमा ’ पहरी फूल २ ’ बोलको गीत सार्वजनिक भएको छ ।
सार्वजनिक गीतमा राजु सिंहको सङ्गीत र गिता गिरी शेरचन को शब्द रचना रहेको छ । प्रेमभाव रहेका गीतको पहरि फुलको बारेमा बर्णन गर्दै प्रेमका कोमल शब्दहरुलाई गीतमा समेटिएको छ ।
नवराज खड्काको छायाँकन रहेको उक्त गीतको भिडियोमा अभिनेता पुष्प खड्का र मोडल विना राउतले अभिनय गरेका छन् । गीतमा बन्दे प्रसादको सम्पादन र केशवराज भटटको निर्देशन रहेको छ ।
पहाडी भेगमा पाइने पहरी फूलको विषयमा आफूले आम दर्शक तथा स्रोता माझमा पुयाउन पाउँदा निकै खुशी लागेको गीतका प्रोडयुसर बसन्त घिमिरेले बताएका छन् ।
गीतमा प्रेम र रोदनलाई कलात्मक रुपमा समेटिएको छ ।
प्रतिक्रिया दिनुहोस्