
एजेन्सी । पाकिस्तानका पूर्व प्रधानमन्त्री एवं पाकिस्तान तेहरिक–इ–इन्साफ पार्टीका अध्यक्ष इमरान खान अदालतमा उपस्थित भएका छन् ।
उनी इस्लामावादस्थित अदालतमा उपस्थित भएका हुन् । उनलाई समर्थकहरूले घेरेर अदालत पु¥याएका थिए । खानलाई पक्राउ गर्न लाहोरस्थित उनको घरमा प्रहरी पसेको अन्तर्राष्ट्रिस ुञ्चार माध्यमले जनाएका छन् ।
अदालतले खानलाई पक्राउ गर्न अनुमति दिएको थियो । त्यसपछि गत मंगलबारदेखि प्रहरीले उनलाई पक्राउ गर्न खोजिरहेको थियो । पक्राउ गर्न गएका प्रहरी र उनका समर्थकबीच झडप हुँदा कयौं घाइते समेत भएका छन् । इस्लामावाद अदालतमा खानविरूद्ध विदेशी अधिकारीले दिएको उपहार अवैध रूपमा बेचेको आरोप छ ।
लाहोरबाट अदालत जानुअघि खानले समाचार संस्था रोयटर्ससँग कुराकानी गर्दै आफू पक्राउ परे पार्टी चलाउन एक कमिटी गठन गरेको पनि बताएका थिए । रोयटर्सका अनुसार उनीमाथि ९४ वटा मुद्दा लगाइएका छन् ।
गत नोभेम्बरमा प्रदर्शनको क्रममा उनीमाथि गोली चलेको थियो । गोली लागेर उनी घाइते समेत भएका थिए । उनले पहिले भन्दा अहिले आफ्नो ज्यानको खतरा भएको र विपक्षी राजनीतिक दल र सेनाले आफूलाई आउँदो निर्वाचनमा भाग लिनबाट रोक्न चाहेको बताएका छन् । प्रधानमन्त्री शेहबाज शरिफको सरकारले भने यी मुद्दामा आफ्नो हात नरहेको बताएको छ ।
खानले भने आफू अहिले पक्राउ पर्नुपर्ने कारण नभएको बताउँदै आएका छन् । मुद्दामा दोषी रहे उनी आउँदो नोभेम्बरमा हुने निर्वाचनमा भाग लिन पाउने छैनन् ।
प्रतिक्रिया दिनुहोस्