२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


देशका अधिकांश स्थानमा आज वर्षा हुने


442
Shares

काठमाडौं । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

आइतबार बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । त्यस्तै, बागमती प्रदेश, मधेश प्रदेश र कोशी प्रदेशका केही भू-भागहरुमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आइतबार दिउँसो भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ । त्यस्तै, देशको पहाडी र तराईका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आइतबार राति भने देशभर आंशिकदेखि सामान्य बदली रहने छ। त्यस्तै, देशका पहाडी र तराईका भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक-हल्कादेखि मध्यम वर्षाको सम्भावना भएको महाशाखाले जनाएको छ।