१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इक्वेडरमा ७ म्याग्निच्युडकाे भूकम्प जाँदा दर्जनाैं मानिसकाे मृत्यु

भौतिक संरचनामा ब्यापक रूपमा क्षति

312
Shares

एजेन्सी । ल्याटिन अमेरिकी मुलुक इक्वेडरमा करिब ७ म्याग्निच्युडको भूकम्प गएको छ ।

इक्वेडरको दक्षिणी तटीय क्षेत्रमा गएको ६ दशमलव ७ म्याग्निच्युडको शक्तिशाली भूकम्पबाट अहिलेसम्म करिब एक दर्जन मानिसकाे मृत्यु भएको छ । भूकम्पबाट भौतिक संरचनामा ब्यापक रूपमा क्षति पुगेकाले भग्नावशेषमा च्यापिएर मृत्यु हुनेको संख्या बढ्न सक्ने अनुमान गरिएको छ ।

३० लाख मानिसको बसाेबास रहेकाे बालाओ शहर नजिकै भूकम्पको केन्द्रबिन्दु रहेको र भूकम्प जमिनको सतह भन्दा १० किलोमिटर तल रहेको जनाइएको छ । भूकम्पले सडक भत्किएका कारण सवारी साधन रोकिएका छन् ।

उद्धारका लागि सुरक्षाकर्मी परिचालन गर्न पनि अप्ठेरो भएको जनाइएकाे छ ।