२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रविण र रचनाको स्वरमा ‘पानी दर्केर’ गीत सार्वजनिक


2.834k
Shares

काठमाडौं । प्रविण बेडवाल र रचना रिमालको स्वरमा ‘पानी दर्केर’ बोलको गीत सार्वजनिक भएको छ ।

चिन्तामणि सिवाकोटीको युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरिएको हो ।

सार्वजनिक गीतमा वर्षा सिवाकोटी र प्रकाश सपुतलाई दम्पतीको रूपमा प्रस्तुत गरिएको छ ।

सुनिल विकले निर्देशन गरेको म्यूजिक भिडियोमा प्रविष्टी सपुत, अपिल ढकाल, खेम नेपाली घर्ती, कृष्ण ढुंगानाको अभिनय रहेको छ ।

चिन्तामणि सिवाकोटीको शब्द रहेको गीतमा वैदेशिक रोजगारमा जानेको पीडा देखाइएको छ । गीतमा हरि लम्सालले संगीत भरेका छन् भने संगीत संयोजन सुरज श्रेष्ठको छ ।

मनकृष्ण महर्जनले छायांकन गरेको म्यूजिक भिडियोलाई प्रविन भट्टले सम्पादन गरेका हुन् ।