२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


बाजुराको बुढिनन्दा क्याम्पसमा स्ववियु निर्वाचन सुरू


637
Shares

महेश कार्की

बाजुरा । जिल्लाको बुढिनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को नेतृत्वका लागि मतदान सुरू भएको छ ।

मतदान आइतबार बिहान ८ बजेबाट सुरू भएको हो ।

४ सय १२ मतदाता रहेको बुढिनन्दा क्याम्पसमा साझा गठबन्धन र अनेरास्ववियुबीच चुनावी प्रतिस्पर्धा भैरहेको छ ।

साझा गठबन्धनमा अनेरास्ववियु (समाजबादी), अनेरास्ववियु (क्रान्तिकारी) र नेविसंघ रहेका छन् भने अर्काेतिर अनेरास्ववियु एक्लै लडेको छ ।

साझा गठबन्धनबाट सभापतिमा मनिषा घटाला उम्मेदवार छन् भने अनेरास्ववियुबाट केशर बोहरा रहेका छन् ।