
महेश कार्की
बाजुरा । बाजुराको बुढीनन्दा क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनकाे मतदान अहिले जारी रहेकाे छ ।
आइतबार बिहान ८ बजेबाट स्ववियु निर्वाचनकाे मतदान सुरु भएको हो । ४ सय १२ जना मतदाता रहेको बुढीनन्दा क्याम्पसमा साझा गठबन्धन र अनेरास्ववियुबीच चुनावी प्रतिस्पर्धा भइरहेको छ ।
साझा गठबन्धनमा अनेरास्ववियु (समाजवादी), अनेरास्ववियु क्रान्तिकारी र नेपाल विद्यार्थी संघ (नेविसंघ) रहेका छ्न् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) भने एकलै चुनावी प्रतिस्पर्धा गरेकाे छ । साझा गठबन्धनबाट सभापतिकाे उम्मेदवार मनिषा घटाला हुनुहुन्छ ।
उता अनेरास्ववियुका सभापतिकाे उम्मेदवार केशर बोहरा हुनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्