१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


निर्वाचन आयोगले आज उपराष्ट्रपति निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाउँदै


130
Shares

काठमाडौं । निर्वाचन आयोगले शुक्रबार सम्पन्न उपराष्ट्रपतिको निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आइतबार राष्ट्रपति रामचन्द्र पौडेललाई बुझाउने भएको छ ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्बन्धी ऐन, २०७४ को दफा ६० बमोजिम आयोगले निर्वाचनको परिणामसहितको प्रतिवेदन आइतबार राष्ट्रपतिसमक्ष पेस गर्न लागेको हो ।

आयोगले निर्वाचनको प्रतिवेदन राष्ट्रपतिलाई बुझाएपछि मात्रै नवनिर्वाचित उपराष्ट्रपतिको सपथ ग्रहण तथा पदभार हस्तारणको प्रक्रिया सुरू हुन्छ ।

चैत ३ गते सम्पन्न निर्वाचनमा जसपाका नेता रामसहाय यादव विजयी हुनु भएको थियो ।