१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


विराटनगरमा निषेधित क्षेत्र तोकियो


689
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरका विभिन्न स्थानलाई निषेधित क्षेत्र तोकेको छ ।

कोशी प्रदेश नामकरणपछि असन्तुष्टि जनाउँदै आएका जातीय समूहहरुले आइतबार प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र तोकेको हो ।

विराटनगर महानगरपालिकाको पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोडशेष चोकदेखि दक्षिण जतुवा चोकसम्म निषेधित क्षेत्र तोकिएको छ ।
यस्तै, मुख्यमन्त्री निवास वरिपरि ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म पनि निषेधित क्षेत्र तोकिएको छ ।

मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईद्वारा जारी विज्ञप्तिमा अर्को आदेश नभएसम्म निषेधित क्षेत्रमा सर्वसाधारणको हिड्डुल र सवारी साधनको आवतजावत बाहेक अन्य कुनै पनि किसिमका भेला, सभा, जुलुस, धर्ना र र्‍याली गर्न नपाइने उल्लेख छ ।

प्रदेशसभाले गत फागुन १७ गते प्रदेशको नाम कोशी राखेपछि पहिचानको नाममा राजनीति गर्दै आएका समूहहरु विरोधमा उत्रिएका छन् ।