
काठमाडौं । साताको पहिलो दिन आज आइतबार सुनको मूल्यले ऐतिहासिक रेकर्ड राखेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला एक लाख ७ हजार १ सय रूपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आइतबार २९ सय रूपैयाँले बढेर एक लाख १० हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
यो मूल्य हालसम्मकै उच्च हो । यसअघि माघ १९ गते सुनको मूल्यले ऐतिहासिक रेकर्ड राख्दै प्रतितोला एक लाख ७ हजार ५ सय रुपैयाँ पुगेको थियो ।
तेजावी सुन प्रतितोला एक लाख ९ हजार ५ हजार रूपैयाँमा कारोबार भइरहेको छ ।
त्यसैगरी, चाँदीको मूल्य पनि आइतबार ३५ रूपैयाँले बढेर १ हजार ३४५ रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्