
Web Pic
काठमाडौं । ललितपुरको ग्वार्को चोकमा मोटरसाइकलले साइकललाई ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको छ भने मोटरसाइकल चालक घाइते भएका छन् ।
मृत्यु हुनेमा साइकल यात्री ललितपुरको बाफल बस्ने काभ्रेपलान्चोकको धुनखर्क गाउँपालिका घर भएका ३४ वर्षीय बुद्ध तिमिल्सिना रहेका छन् ।
शनिबार बेलुकी बागमती प्रदेश ०२–००१ ब २२४७ नम्बरको मोटरसाइकलले उनी चढेको साइकललाई ठक्कर दिएको थियो । दुर्घटनमा घाइते तिमिल्सिनाको उपचारको क्रममा ग्वार्को स्थित बी एण्ड बी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यस्तै, दुर्घटनमा घाइते भएका मोटरसाइकल चालकको धादिङको धुनिबेंसी नगरपालिका–७ घर भएका ३८ वर्षीय तुलसीराम गिरीको मंहाकाल स्थित राष्ट्रिय ट्रमा सेन्टर उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्