
एजेन्सी । भारतीय अभिनेता रणवीर कपूर र अभिनेत्री श्रद्धा कपूर अभिनित फिल्म ‘तू झुठी मैं मक्कार’ले १ सय करोड भारतीय रुपैयाँ कमाइ गरेको छ ।
मार्च ८ बाट प्रदर्शन भएको फिल्मले बक्स अफिसमा १ सय करोडको क्लबमा प्रवेश गरिसकेको हाे ।
भारतीय सञ्चार माध्यमका अनुसार फिल्मले दर्शकबाट राम्रो प्रतिक्रिया पाइरहेको छ ।
फिल्मले पहिलो दिन १५ करोड ७३ लाख भारतीय रुपैयाँको ओपनिङ गरेको थियो । फिल्मले पहिलो सातामै राम्रो दर्शक पाएको फलस्वरूप ५० करोड भारतीय रुपैयाँ कमाइ गरेको थियो । निर्माण टिमले फिल्मको ११ औं दिनसम्मको कमाई सार्वजनिक गरेको छ । जसमा फिल्म १ सय करोड क्लबमा समावेश भएको छ ।
यो फिल्मले शाहरुख खानको कमब्याक रहेको ‘पठान’पछि सन् २०२३ मा १ सय करोडभन्दा बढी कमाउने दोस्रो फिल्म बनेको छ । निर्देशक लव रञ्जनद्वारा निर्देशित ‘तू झुठी मैं मक्कार’ मा रणवीर र श्रद्धाको जोडीलाई दर्शकले निकै रुचाइरहेका छन् ।
यो फिल्म बनाउनका लागि निर्माताले करिब १०० करोड भारतीय रुपैयाँ लगानी गरेका थिए । जुन अहिलेसम्म फिल्मले आफ्नो लागत असुली गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्