
काठमाडौं । बुटवलमा नेपाली राष्ट्रिय क्रिकेट टिमका अलराउन्डर कुशल मल्ललाई नगदसहित सम्मान गरिएको छ ।
आईसीसी क्रिकेट विश्वकप लिग-२ को अन्तिम खेलमा यूएईलाई पराजित गर्दै नेपाललाई एकदिवसीय विश्वकप छनोटमा पुर्याउन योगदान गरेको भन्दै मल्ललाई न्यू होराइजन माविले सम्मान गरेको हो ।
मल्ललाई विद्यालयका उपप्राचार्य बालकृष्ण भण्डारी, राजीव श्रेष्ठ, विद्यालयका क्रिकेट प्रशिक्षक शक्ति गौचनले नगद २१ हजार ५ सय रुपैयाँसहित सम्मान गरेका हुन्। सोही अवसरमा प्रशिक्षक गौचनले राष्ट्रिय टोलीमा खेल्ने खेलाडीहरु उत्पादनमा निजी क्षेत्रका शैक्षिक संस्थाको पनि ठूलो योगदान रहेको बताका छन्।
बुटवल उपमहानगरपालिका–११ देवीनगर घर भई कक्षा ३ देखि न्यू होराइजन माविमा पढ्दै आएका मल्ल हाल न्यू होराइजन अन्तर्गतकै क्षितिज इन्टरनेशनल कलेजमा बीबीएस प्रथम वर्षमा पूर्ण छात्र वृत्तिमा अध्ययनरत छन् ।
प्रतिक्रिया दिनुहोस्