१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


उपराष्ट्रपति यादवको शपथ सोमबार


91
Shares

काठमाडौं । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ लिने हुनुभएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सोमबार बिहान १० बजे राष्ट्रपति भवन शीतल निवासमा उपराष्ट्रपति यादवको पद तथा गोपनियताको शपथग्रहणको कार्यक्रम तय भएको हो ।

यादव गत शुक्रबार उपराष्ट्रपति पदमा निर्वाचित हुनुभएको थियो । निर्वाचनमा यादवले ३० हजार ३ सय २८ मतभार प्राप्त गर्नुभएको थियो । निवर्तमान उपराष्ट्रपति नन्दबहादुर पुनको कार्यकाल यही चैत ४ मा सकिएको छ ।

निर्वाचन आयोगले राष्ट्रपति पौडेलसमक्ष उपराष्ट्रपति निर्वाचनको मत परिणामसहितको प्रतिवेदन आइतबार बुझाएको छ ।