
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले प्रतिनिधि सभा बैठकबाट शतप्रतिशत सांसदहरुको विश्वासको मत पाउने आशा राखेको बताउनुभएको छ ।
आइतबार प्रतिनिधि सभा बैठकबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुको जिज्ञासाको जवाफ दिँदै प्रधानमन्त्री दाहालले सोमबारको बैठकमा आफुले सय प्रतिशत नै सांसदको विश्वासको मत प्राप्त गर्ने आशा राखेको बताउनुभएको हो ।
उहाँले पहिला ९९ दशमलब २५ प्रतिशत सांसदहरुको विश्वासको मत पाएको उल्लेख गर्दै उहाँले यो सय प्रतिशत पुग्ने आशा व्यक्त गर्नुभयो ।
प्रधानमन्त्री दाहालले सामबारको प्रतिनिधि सभा बैठकमा विश्वासको मत लिने कार्यसूची रहेको छ । उहाँलाई हालसम्म नेपाली काँग्रेस, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय स्वतन्त्र पार्टीले विश्वासको मत दिने औपचारिक निर्णय गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्