१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नवनिर्वाचित उपराष्ट्रपति यादवले आज शपथ लिंदै


104
Shares

काठमाडाै‌ । नवनिर्वाचित उपराष्ट्रपति रामसहायप्रसाद यादवले सोमबार पद तथा गोपनीयताको शपथ ग्रहण लिनु हुने भएको छ ।

उहाँलाई सोमबार बिहान १० बजे राष्ट्रपतिकाे कार्यालय शितल निवासमा एक समाराेहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु हुने भएकाे हाे । यही चैत ३ गते सम्पन्न भएकाे उपराष्ट्रपति पदकाे निर्वाचनबाट यादव उपराष्ट्रपतिमा निर्वाचित हुनुभएको थियाे ।

आइतबार पार्टीको साधारण सदस्यसहित सम्पूर्ण जिम्मेवारी र सांसद पदबाट समेत उहाँले राजीनामा दिनुभएको हाे । उपराष्ट्रपति यादव सोमबार नै उपराष्ट्रपति कार्यालयकाे भवनमा सर्ने पनि जनाइएकाे छ ।