
काठमाडाैं । स्पेनिस लिग फुटबलमा बार्सिलोनाले रियाल मड्रिडलाई २–१ ले पराजित गरेकाे छ ।
बार्सिलोनाको मैदानमा आइतबार राति भएको खेलमा एल क्लासिकोमा घरेलु टोलीका रोनाल्ड अरावोले आत्मघाति गोल गरेपछि नवौं मिनेटमा रियाल मड्रिडले अग्रता लिएकाे हाे । ४५ औं मिनेटमा सर्जि रोबेर्टोले बार्साको लागि बराबरी गोल गरेका थिए ।
इन्जुरी समयमा फ्र्याङ्क किसीले एक गोल गर्दै बार्सिलोनालाई विजयी गराएका हुन् । यो जितसँगै बार्सिलोनाले स्पेनिस लिग फुटबलको अंक तालिकामा रियाल मड्रिडसँग १२ अंकको अग्रता लिएको छ ।
लिगमा २६ खेलबाट बार्सिलोनाको ६८ अंक भएको छ । रियाल मड्रिडको भने ५६ अंक रहेकाे छ । तेस्रो स्थानको एथ्लेटिको मड्रिडको ५१ अंक रहेकाे छ ।
प्रतिक्रिया दिनुहोस्