
काठमाडौं । धार्मिक र ऐतिहासिक महत्वकाे पाहाँचःह्रे पर्व सोमबारदेखि सुरु भएको छ ।
प्रत्येक वर्ष नेपाल संवत् तिथि बमोजिम चिल्लागा चतुर्दशीदेखि तीन दिनसम्म नेवारहरुले पाहाँचःह्रे पर्व मनाउँछन् । काठमाडौं उपत्यकाका तीन वटा शहरमा विशेष महत्वका साथ मनाइने यो पर्व देशैभर आ-आफ्नै शैलीमा मनाउँछन् ।
पाहाँचःह्रे पर्व याता बडा दसैं पछिको दोस्रो पर्वको रुपमा स्वीकार गरिएको छ । यो पर्वमा सुरुको दिनदेखि विभिन्न शक्तिपीठलाई खटमा राखेर जात्रा गरिन्छ । पर्व सुरु भएको दिनमा नरदेवी अजिमा अर्थात स्वेतकालीको नाँच हुन्छ ।
त्यस्तै, पाहाँचःह्रे पर्वको सन्दर्भमा नगरका विभिन्न टोलमा २ वर्ष मुनिका बालबालिकालाई मरःजा खुवाउने परम्परा रहेको छ । पर्वको दोस्रो दिन घोडे जात्रा गरिने चलन रहेकाे छ । यहि पर्वमा लुमति अजिमा, कङ अजिमा र तेबहाल अजिमाको खट जात्रा पनि हुन्छ ।
प्रतिक्रिया दिनुहोस्