
एजेन्सी । कोलम्बियामा सेनाको एक हेलिकोप्टर दुर्घटना हुँदा त्यसमा रहेका चार जनाको ज्यान गएको छ ।
आइतबार साँझ भएको उक्त दुर्घटनाबारे कोलम्बियाको सेनाले पुष्टि गरेको छ । सो हेलिकोप्टर राजधानी शहरमा नै भएको र त्यसमा रहेका चारजना सैनिकको ज्यान गएको कोलम्बियाका राष्ट्रपति गुस्ताभो पेट्रोले जानकारी दिएका छन् ।
पेट्रोले राजधानीमा कोलम्बियाली सेनाको एक हेलिकोप्टर दुर्घटनामा परेको र त्यसमा रहेका चारजनाकै ज्यान गएको जानकारी दिएका हुन् ।
सेनाका लागि आवश्यक सामग्री लिएर गएको हेलिकोप्टर दुर्घटनामा परेको बताइएको छ । दुर्घटनाका बारेमा थप अनुसन्धान सुरु भएको छ ।
प्रतिक्रिया दिनुहोस्