१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


क्रिकेटरलाई नगदसहित सम्मान गरिने


1.313k
Shares

काठमाडौं । विराटनगर महानगरपालिकाले राष्ट्रिय क्रिकेटरद्वय ललित राजवंशी र दिपेश कँडेललाई सम्मान गर्ने भएको छ ।

महानगरको बैठकले राष्ट्रिय टोलीका सदस्य राजवंशी र यू–१९ टोलीका सदस्य कँडेललाई १ लाख १ हजार नगदसहित सम्मान गर्ने निर्णय गरेको विराटनगर महानगरका मेयर नागेश कोइरालाको सचिवालयले जनाएको छ ।

नेपाली क्रिकेटलाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने राजवंशी र यू–१९ विश्वकप छनोटमा यूएईविरुद्ध ह्याट्रिक गरी नेपाललाई विश्वकप क्वालिफायरसम्म पुर्‍याउन महत्वपूर्ण भूमिका खेल्ने कँडेललाई नगद सहित सम्मान गरिने भएको हो ।

क्रिकेटरद्वयलाई १ लाख १ हजार नगदसहित सम्मान गर्ने निर्णय भएको मेयर कोइरालाको सचिवालयले जानकारी दिएको हो ।