१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


म्याग्दीको मलम्पारमा पहिलो पटक बस पुग्यो


403
Shares

म्याग्दी । म्याग्दीको विकट क्षेत्रमा पर्ने मलम्पारमा पहिलोपटक यात्रुसहित बस पुगेपछि स्थानीय खुशी भएका छन् ।

म्याग्दीको धवलागिरि गाउँपालिका–५ मा पर्ने मलम्पारमा आइतबार पहिलो पटक बस पुग्दा स्थानीयले बस र बसका चालकलाई फूलमालाले स्वागत गरेका थिए ।

म्याग्दीको पश्चिमी क्षेत्रमा पर्ने दुर्गम धवलागिरि गाउँपालिकाको वडा नं.६ मराङ–राम्चे, बुल हुँदै वडा नं. ५ को मलम्पारसम्म जोडिएको सडकमा बस सञ्चालन हुन थालेपछि यहाँका बासिन्दाले खुशीयाली मनाएका हुन् ।

धवलागिरि गाउँपालिका र गण्डकी प्रदेश सरकारको सहयोगमा बुल, मलम्पार हुँदै वडा नं. ५ को केन्द्र मल्कवाङ सडक सञ्जालमा जोडिएको हो ।

गत वर्ष मराङ हुँदै बुल र मल्कवाङदेखि दैडाडामा पुगेको सडकलाई यसपटक जोडेर वडा नं. ५ र ६ को चक्रपथ बनाइएको धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुन मगरले बताउनुभयो ।