
कपिलवस्तु । कपिलवस्तुको बुद्धभूमि नगरपालिका– २ त्रिशुली सामुदायिक वनमा जनप्रतिनिधि र स्थानीयको रेखदेखमा रुख कटान सुरु भएको छ ।
रुख कटान गर्दा उपभोक्ता समिति र वन कार्यालयका कर्मचारी मात्र समावेश हुँदा कपिलवस्तुका वनमा तोकिएको भन्दा बढी कटान भएको आवाजसमेत उठ्ने गरेको छ ।
कार्य योजना अनुसार तोकिएको रुखको कटान गर्न र पारदर्शिताका लागि जनप्रतिनिधि, सञ्चारकर्मी, वन कार्यालयका कर्मचारी तथा स्थानीयको उपस्थितिमा कटान सुरु गरिएको सामुदायिक वनका अध्यक्ष निलकुमार श्रेष्ठले बताउनुभयो ।
त्रिशुली सामुदायिक वनले समुदाय र जनप्रतिनिधिको निगरानी रुख कटान गरेर जिल्लामा नयाँ अभ्यास सुरु भएको गोरुसिङ्गे सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत वसन्त थापाको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्