२ चैत्र २०८१, शनिबार | Sat Mar 15 2025


नेप्सेमा दोहोरो अंकको सुधार


91
Shares

काठमाडौं । विगत केहि दिनदेखि लगातार वियसिर ट्रेण्डमा रहँदै आएको शेयर बजारमा सोमबार दोहोरो अंकको सुधार आएको छ ।

सबै उपसमुहम हरियाली छाउँदा नेप्से २२ अंकले बृद्धि भई १९ सय ५० विन्दु कायम भयो । सोमबारको बजारमा कारोबार रकम भने डेढ अर्ब तलै रह्यो ।

सोमबार सबैभन्दा बढी जीवन बिमा समुहमा ९४ अंकको सुधार आउदा निर्जिबन बिमा समूहमा ८३ अंकको सधार आयो । १ सय ७६ कम्पनीको मूल्य बढेको बजारमा ३३ कम्पनीको भने घटेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रहेको नेपाल स्टक एक्सजेञ्जले जनाएको छ ।

सोमबार २ सय ५८ कम्पनीको ५२ लाख बढी कित्ता सेयर १ अर्ब २९ करोड बराबरमा किनबेच भएको नेप्सेले जनाएको छ ।