१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


कपिलवस्तुमा बाढीले तरकारी खेतीमा क्षति


650
Shares

कपिलवस्तु । आइतबार राति आएको बाढीका कारण कपिलवस्तुको शिवराज नगरपालिका–८ देवीपुरमा किसानले लगाएको तरकारी खेतीमा क्षति पु¥याएको छ ।

शिवराज नगरपालिकाको अनुदानमा सफल कृषक समुहले सुरही खोलाको बगरमा लगाएको तरकारी खेतीमा क्षति भएको बताइएको छ ।

बाढीले बगरमा लगाइएको काँक्रा, लौका, फर्सी, प्याज, तरभुजालगायत क्षति भएपछि सो क्षेत्रका किसान चिन्तित बनेका छन् । सुराही नदीको बगरमा किसानले तरकारी खेती गर्दै आएका छन् । बाढीका कारण ठूलो क्षति व्यहोरेको भन्दै किसानले स्थानीय सरकारसँग क्षतिपूर्तिको माग गरेका छन् ।

नगरपालिकाका मेयर अजय थापाले बाढीले क्षति पु¥याएको क्षेत्रको अनुगमन गर्दै किसानलाई क्षतिपूर्तिको व्यवस्था मिलाउने आस्वासन दिनुभएको छ ।