१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री कार्की सवार गाडीमा आक्रमण


2.353k
Shares

ओखलढुंगा । ओखलढुंगामा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की सवार गाडीमा आक्रमण भएको छ ।

ओखलढुंगाको सदरमुकाम गोरुमारेभञ्ज्याङमा पहिचान पक्षधरहरुले ओखलढुंगा सदरमुकाममा कार्यक्रम सकेर तलुवाको सामुदायिक भवन उद्घाटन गर्न जाने क्रममा पहिचान पक्षधरहरु एक्कासि आक्रमणमा उत्रिएका थिए ।

कोशी प्रदेशको नाम सच्याउन माग गर्दै प्रदर्शनमा रहेका उनीहरुले मुख्यमन्त्री सवार गाडीको झण्डा भाँचेर फालिदिएका छन् । मुख्यमन्त्री सवार गाडी अन्य क्षति हुनबाट भने जोगिएको छ ।

कोशी प्रदेशका उर्जा, खानेपानी तथा सिंचाइमन्त्री तिलकुमार मेयाङ्बोसहित आउनुभएका मुख्यमन्त्री कार्कीले ओखलढुंगामा प्रदेश सरकारबाट निर्माण हुने र निर्माण सम्पन्न भएका ८ वटा विकासका संरचना शिलान्यास, हस्तान्तरण तथा उद्घाटन गर्नुभएको थियो ।

उहाँले रुम्जाटार लामा क्वार्टर गुम्बा उद्घाटन गर्दै सबैको सहमतिमा नै पहिचानबाटै प्रदेशको नाम कोशी राखिएको र उक्त नाम संशोधन नहुने स्पष्ट गर्नुभएको थियो ।