
काठमाडौं । हाल देशमा स्थानीय वायु सँगै पश्चिमी वायुको पनि प्रभाव रहेको छ ।
हाल देशभर सामान्यदेखि पूर्ण बदली रही केहि स्थानहरूमा मेघ गर्जन/चट्याङ सहित वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मंगलबार दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन/चट्याङ्ग/हावा–हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यसैगरी राति देशभर आंशिकदेखि सामान्य बदली रहने छ । देशको पहाडी भू–भागका थोरै स्थानहरूमा तथा तराई भू–भागका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग/हावा–हुरी/असिना सहित क्षणिक/हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्