
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) को विधान अधिवेशन मुल व्यवस्थापन समितिको बैठक मंगलबार बस्दैछ ।
बैठक ललितपुरको बालकुमारीस्थित पार्टीको केन्द्रीय कार्यालयमा मध्यान्ह बस्नेछ ।
बैठकमा विधान अधिवेशनको तयारी, आवश्यक उपसमिति गठनलगायतका विषयमा छलफल हुनेछ ।
जसपाले यही चैत २७, २८ र २९ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
प्रतिक्रिया दिनुहोस्