२७ फाल्गुन २०८१, मंगलबार | Wed Mar 12 2025


रजनीकान्तकी छोरी ऐश्वर्याको घरबाट गहना चोरी


10.66k
Shares

एजेन्सी । भारतीय अभिनेता रजनीकान्तकी छोरी ऐश्वर्या रजनीकान्तको घरबाट करिब ६० तोला गहना चोरी भएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार उनको चेन्नईस्थित घरको लकरबाट गहना चोरी भएको हो ।

उक्त गहनाको मूल्य करिब ३ करोड ६० लाख भारतीय रुपैयाँ रहेको बताइएको छ । उनले चेन्नईको टेनामपेट प्रहरी थानामा उजुरी दिएकी छन् । प्रहरीका अनुसार उनले सन् २०१९ मा आफ्नो बहिनी सौन्दर्या रजनीकान्तको विवाहमा उक्त गहना लगाएकी थिइन् । त्यसपछि उनले आफ्नो गहना लकरमा राखेकी थिइन् ।

ऐश्वर्याले प्रहरीलाई दिएको बयानमा उक्त गहना १८ वर्ष पुरानो रहेको छ । जसमा हिराको सेट, पुरानो सुनको गहना, नवरत्न सेट र चुरा आदि रहेको बताएकी उनले छिन् ।

ऐश्वर्याले आफ्नो उजुरीमा घरको कामदार ईश्वरी, लक्ष्मी र ड्राइभर वेन्कटमाथि शंका भएको उल्लेख गरेकी छन् ।

केही समय अघि मात्र ऐश्वर्या र अभिनेता धनुषले १८ वर्ष लामो दाम्पत्य जीवन टुंगाएर सम्बन्ध बिच्छेद गरेका हुन् ।