२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


मरजा खुवाउने चलन


1.534k
Shares

काठमाडौं । चैत कृष्ण चतुर्दशीदेखि प्रतिपदासम्म काठमाडौं उपत्यकाका हिन्दु वा बौद्ध नेवार जातिले तीन दिनसम्म विभिन्न तरिकाले पाहाँचरे पर्व मनाउँछन् । पाहाँचरेको भोलिपल्ट औंसीका दिन टोलटोलमा बालबालिकालाई ‘मरजा’ खुवाउने चलन छ ।

एक किसिमले कन्या–कुमारलाई खुवाए जस्तै गरी ‘मरजा’ खुवाउँदा व्रतबन्ध नगरेका र बेल विवाह नगरेका ससाना बालबालिकालाई खुवाइन्छ । अजिमाको प्रसादका रूपमा दालभात तरकारी पनि खुवाइन्छ । यसरी ‘मरजा’ खुवाउने एउटा गुठी नै स्थापना गरिएको हुन्छ । श्रद्धालु भक्तजनले यस अवसरमा चकलेट, बिस्कुट र मिठाई बाँड्दा घुइँचो नै लागेको हुन्छ ।

अजिमाको प्रसाद ‘मरजा’ खुवाएपछि बालबालिकालाई भूतपे्रतले नछुने, अनेकौं रोग नलाग्ने विश्वास गरिन्छ । सो परम्परालाई निरन्तरता दिने मानन्धरहरुले यस वर्ष पनि मरजा खुवाएका छन् ।

पाहाँचरेको अवसरमा मकलको आगोमा इकाः पकाः (रायो–सस्र्यूं) बालेर त्यसको धुँवा घरभरि उडाउने चलन छ । यसबाट घरमा भूतपे्रत, रोग, शोक र बोक्सी लगायत दुष्टात्माबाट मुक्ति पाइने विश्वास छ ।