८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


जनसरोकारका विषय पहिचान गर्न स्थानीय कमिटीलाई एमालेको निर्देशन


143
Shares

काठमाडाैं । नेकपा (एमाले) ले जनसरोकारको विषय पहिचान गर्न पार्टीका स्थानीय कमिटीहरुलाई निर्देशन दिएको छ ।

एमाले उपत्यका विशेष प्रदेश कमिटीले मंगलबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजना गरेको ‘अगुवा कार्यकर्ता भेला तथा प्रशिक्षण’ कार्यक्रम बोल्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । एमालेका उपमहासचिव विष्णु रिमालले जनसरोकारका विषय पहिचान गर्न पार्टीका सबै पालिका स्तरीय कमिटीहरुलाई निर्देशन दिइएको बताउनुभएको हो ।

उहाँले यहि चैतकाे २० गतदेखि २५ गतेसम्म ५ दिन पालिका स्तरका जनसरोकारको विषयमा रिर्पोटिङका लागि पालिकास्तरीय कमिटीहरुलाई समय तोकिएको पनि स्मरण गराउनुभयो । त्यसैगरी २५ गतेदेखि ३० गतेसम्म जिल्लाले आफ्नो सोही विषयको रिर्पोट बनाउनुपर्ने उपमहासचिव रिमालको भनाइ थियो ।

उहाँले भन्नुभयो, ‘जनसरोकारको विषयको पहिचान गर भनेर भनेका छौं । यो चाहीं ७ सय ५३ वटै स्थानीय तहबाट हुनु पर्यो । ति कमिटीहरुबाट हामीले सुझाव मागेका छौं । जनसरोकारको पहिचान भन्नेमा हामीले सो क्षेत्रको पहिचान गर्नु पर्यो । तपाईहरु जुनजुन पेशा र व्यवसायमा हुनुहुन्छ । त्यो पेशा र व्यवसायको पहिचान पनि त्यसमा राख्नु पर्यो । भौतिक पूर्वाधारको क्षेत्रमा के छ ? किसानहरुले भोगिरहेका समस्या के छन ? पार्टीले आउने यो महिनाको २० गतेबाट २५ गतेसम्म हामी पालिका तहको रिर्पोटिङ तयार गर्नेछ यही विषयमा ।’

उपमहासचिव रिमालले पार्टीका स्थानीय कमिटीहरुले किसानले भोगीरहेका समस्याकाे बारे, त्यहाँको भौतिक पूर्वाधार क्षेत्रको विकासकाे बारेमा पनि पार्टीको माथिल्लो कमिटीलाई रिर्पोटिङ गर्नुपर्ने योजना तय गरिएको बताउनुभयो । पार्टीले जनताको पक्षमा काम गर्नका लागि पनि पार्टी कमिटीहरुले रिर्पोटिङको कामलाई अघि बढाउनुपर्ने उहाँको तर्क छ ।