१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जापानका प्रधानमन्त्री फुमियो किशिदा युक्रेन भ्रमणमा


429
Shares

एजेन्सी । जापानका प्रधानमन्त्री फुमियो किशिदा मंगलबार युक्रेन पुग्नुभएको छ ।

युक्रेन भ्रमणको क्रममा फुमियोले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भेटवार्ता गर्ने जनाइएकाे हाे । जापानकोआधिकारिक प्रसारक एनएचकेले सरकारी स्रोतलाई उद्धृत गर्दै किशिदा भारत भ्रमणको समापनपछि मंगलबार युक्रेन पुग्नुभएको जानकारी दिइएको छ । जापानका विदेशमन्त्रीले प्रधानमन्त्री किशिदाको युक्रेन भ्रमणको पुष्टि गर्नुभएको छ ।

प्रधानमन्त्री किशिदाको युक्रेन भ्रमण चिनियाँ राष्ट्रपति सी जिनपिङ रुसका राष्ट्रपति भ्लादिमिर पुटिनलाई भेट्न पुगेका बेला भएको छ । जसलाई अर्थपूर्ण रूपमा हेरिएको छ । जापान युक्रेनमा युद्ध सुरु भएदेखि रुसमाथि प्रतिबन्ध लगाएका पश्चिमी देशहरूको पक्षमा रहेको छ । जापानले युक्रेनलाई सहयोगको प्रस्ताव समेत गरेको छ ।

जापानले यस वर्ष जी–७ को अध्यक्षता गरिरहेको छ । जी–७ का देशको बढ्दो दवावका कारण प्रधानमन्त्री किशिदाले अचानक युक्रेन जाने निर्णय गरेको जनाइएकाे छ । जी–७ का देशहरूमा बेलायत, क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान र अमेरिका पर्छन् । प्रधानमन्त्री किशिदा युक्रेन–रुस युद्ध सुरु भएदेखि नै कीभ भ्रमण नगर्ने जी–७ देशका एक मात्र शीर्ष नेता हुनुहुन्छ ।

यस वर्षको फेब्रुअरीमा अमेरिकी राष्ट्रपति जो बाइडेन पनि अचानक कीभ पुगेर त्यहाँका राष्ट्रपति जेलेन्स्कीलाई भेट्नुभएकाे थियाे ।