
एजेन्सी । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ समकक्षी सी जिनपिङबीच युक्रेन युद्ध अन्त्य गर्ने बारेमा छलफल भएको छ ।
दुई मुलुकका शीर्ष नेताबीच युक्रेनसँगको द्वन्द्व अन्त्य गर्ने चिनियाँ शान्ति योजनाकाे बारेमा छलफल भएको जनाइएकाे हाे । सोमबारको वान–टु–वान वार्तामा युक्रेनसँगको द्वन्द्वको समाधानको उपायकाे बारेमा छलफल भएको थियो ।
रुसी समाचार संस्था तासका अनुसार इन्धन सम्झौता, सैन्य तथा प्राविधिक विषयमा छलफल भए–नभएको केही उल्लेख गरिएको छैन् । चिनियाँ विदेश मन्त्रालयले गत फेब्रुअरीमा युक्रेन द्वन्द्वको शान्तिपूर्ण समाधानकाे बारेमा १२ बुँदे दस्तावेज प्रकाशित गरेको थियो ।
जसमा युद्धविराम, वैधानिक सुरक्षा चासोमाथि सम्मान, युक्रेनको मानव संकटको समाधान, मस्को र कीभबीच बन्दीको आदानप्रदान र एकपक्षीय प्रतिवन्ध हटाउने लगायतका विषय रहेका छन् । साेही दस्तावेजमा द्वन्द्व समाधानको एक मात्र उपाय वार्ता भएको समेत उल्लेख गरिएकाे छ ।
प्रतिक्रिया दिनुहोस्